arrow

यस्ता छन् कांग्रेसले सोमबार सडकमा घन्काउने १० नारा 

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारको अकर्मण्यताविरुद्ध सडकमा उत्रिएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंसिर २९ गतेको देशव्यापी विरोध प्रदर्शनका लागि शीर्ष नेताहरुलाई देशैभर खटाएको छ । विभिन्न जिम्मेवारीसहित नेताहरुलाई देशभर खटाएको कांग्रेसले जनाएको छ । 

मंसिर २९ को देशव्यापी विरोध प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासहित नेताहरु विभिन्न जिल्लामा हुने विरोध प्रदर्शनको नेतृत्वसँगै विरोध प्रदर्शनमा सम्वोधन गर्न खटिएको बताएका छन् । 

ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमासमेत लिप्त रहेर कोरोना भाइरसमा महामारी नियन्त्रण गर्नसमेत असफल भएको भन्दै गम्भीर समयमा पनि जनताको बाँच्न पाउने अधिकारमाथि हनन गरेको भन्दै कांग्रेस सडकमा उत्रिन लागेको हो । 

के हुन् नारा ? 
कांग्रेसले विभिन्न १० वटा नारा तय गरेको छ । 
१, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल – जिन्दावाद जिन्दावाद
२, नेपाली कांग्रेस –जिन्दावाद जिन्दावाद
३, सर्वसत्तावादी ओली सरकार – मुर्दावाद मुर्दावाद
४, तनहुँमा भएको दुर्व्यवहार – अपमान र अत्याचार
५, बढ्यो महिला हिंसा र बलात्कार – अकर्मण्य भो ओली सरकार
६, चारैतिर भ्रष्टाचार – जनताले चिन्यो ओली सरकार
७, अति भो अति भो – मुलुककै छवि क्षति भो 
८, जनता कोरोनाको मारमा – नेकपा सत्ताको जितहारमा
९, औषधि छैन, मल छैन – सत्ताको लडाई लाज छैन ?
१०, नेपाली कांग्रेस जिन्दावाद – लोकतान्त्रिक समाजवाद जिन्दावाद 

र, यो पनि 

को कहाँ सम्वोधन गर्दै ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ