arrow

देशैभर जाग्यो कांग्रेस, काठमाडौंमा विशाल प्रदर्शनमा सरकारको सर्वसत्तावादको विरोध

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २९ सोमबार
congress-kathmandu.jpg

काठमाडौं। प्रमुख प्रतिपक्षी दल भएपनि कमजोर प्रतिपक्षीय भूमिकामा रहेको आरोप लागेको कांग्रेस तनहुँमा बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको आक्रमणपछि जागेको छ। सोहि घटनापछि सरकारको सर्वसत्तावाद बिरुद्ध देशव्यापी प्रदर्शन आह्वान गरेको कांग्रेस एकपटक पुन जागकेो स्वयं कांग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन्। आजको प्रदर्शनका कार्यक्रम शुरु हुनुअघी पूर्व मन्त्री समेत भएका कांग्रेस नेता लक्ष्मण घिमिरेले बरिष्ठ नेता रामचन्द्र पौडेललाई आक्रमण गरेर लामोसमयसम्म सुतेको कांग्रेसलाई जगाइदिएकोमा तनहुँ प्रशासनलाई धन्यवाद दिएका थिए ।

साच्चै कांग्रेस धेरै पछि सडकमा संगठित रुपमा आफ्नो शक्ति प्रदर्शनमा उत्रिएको छ। सरकारको दमन र सर्वसत्तावादको बिरोधमा नेपाली कांग्रेसले आह्वान गरेको देशव्यापी प्रदर्शनका क्रममा काठमाडौंमा पनि विशाल प्रदर्शन भएको छ । कांग्रेस नेता कार्यकर्ताहरुले पार्टीको झण्डा सहित व्यापक प्रदर्शन गरेको काठमाडौं कांग्रेसका सभापति सबुँज वानियाँले बताए । उनका अनुसार काठमाडौंमा कांग्रेसको विशाल प्रदर्शन भएको यो धेरैपछि हो । शान्तिवाटीकामा केन्द्रीत भइ काठमाडौं कांग्रेसले प्रदर्शन गरेको हो। प्रदर्शनमा आम नागरिकका अतिरिक्त पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरु सहभागी छन्। देशमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसा एवं दमनका घटना बढेपछि कांग्रेसले सरकार विरोधी आन्दोलनको अगुवाई गरेको हो।

हालै पुल उद्घाटन गर्न तनहुँ पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई नेकपा सरकारले स्थानिय प्रशासन र आफ्ना कार्यकर्ता परिचालन गरेर दुर्व्यवहार गरेको थियो। बिना कुनै गल्ती देशको व्यवस्थामाथि नै कम्युनिस्ट सरकारले लात हानेपछि सरकारप्रति रुस्ट रहेको कांग्रेसले देशव्यापी प्रदर्शन आह्वान गरेको हो।

उता पोखरा, तनहुँ, चितवन, जनकपुर, विराटनगर, दाङ, धनगढी, वुटवलमा पनि विशाल प्रदर्शन भएका खबर छन्। तनहुँमा नेपाली कांग्रेसको नेतृत्वमा आमजनसमुदायले सरकार विरोधी प्रदर्शन गरेको हो। कांग्रेसले मंसिर २९ गते देशव्यापी सरकारविरोधी आन्दोलन गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ