सेञ्चुरी कमर्सियल बैंकको मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण
प्रकाशित २०७७ मंसिर २९ सोमबार
578
Shares
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आब २०७६-७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ। २९ मंसिरमा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १० औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ। थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न समेत कम्पनीले अनुरोध गरेको छ।