arrow

सहमहामन्त्री थापाको धनकुटामा भव्य ‘इन्ट्री’, २२१ राप्रपाका नेता–कार्यकर्ता भित्राए कांग्रेसमा 

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
congress-entry-sunil.jpg

धनकुटा । केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्धमा धनकुटामा नेपाली कांग्रेस धनकुटाले सोमबार ऐतिहासिक रुपमा प्रदर्शन गरेको छ । सोमबारै धनकुटामा सयौँ नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश समेत गरेका छन् ।

हजारौँको संख्यामा नेपाली कांग्रेस धनकुटा जिल्ला पार्टी कार्यालयबाट निस्किएको ऐतिहासिक विरोध र्यालीले ओली सरकारविरुद्ध चर्को नारा लगाउँदै धनकुटा बजारको परिक्रममा गरी धनकुटा बसपार्कमा पुगी सभामा परिणत भई समापन भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले ओली सरकार सत्ता संचालन गर्न पूर्ण रुपमा असफल भैसकेको आरोप लगाउँदै अब लोकतन्त्रको रक्षाका लागि कांग्रेस अगाडि बढ्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले ओली सरकारको ज्यादती बढ्दै गएकाले आन्दोलनबाटै ओली सरकारलाई हटाउनु पर्नेमा जोड दिए । प्रदेश १ का निवर्तमान प्रदेश प्रमुख प्रा.डा. गोविन्द सुब्बाले लोकतन्त्रका लागि लोकतान्त्रिक शक्ति एक हुनु पर्नेमा जोड दिए । 

प्रदेश सांसद लिला सुब्बाले महिला हिंसा दिन प्रतिदिन बढ्दै गएकाले महिलाहरुको सुरक्षाका लागि पनि नेपाली कांग्रेसले अब जागरण अभियान संचालन गर्नु पर्नेमा जोड दिए । 

नेपाली कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेलको अध्यक्षमा सम्पन्न भएको विरोध सभामा उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राईले समेत सबैलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै परिवर्तनका लागि कांग्रेस एक ढिक्का भएर सक्रियताका साथ गाउँ गाउँबाट अभियान संचालन गर्ने बताए । 

नेपाली कांग्रेस धनकुटाले सोमबारै पार्टी कार्यालयमा आयोजना गरेको पार्टी प्रवेश तथा सहमहामन्त्री सुनिलबहादुर थापाको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा राप्रपाका जिल्ला सदस्यहरु मिन कार्की, यज्ञ कार्की, महेन्द्र निरौला, बुद्धिकान्त घिमिरे, पदम गुरुङ्ग, अशित नरसिंह थापा, पर्शु कार्की, योगेन्द्र कटुवाल, तेजबहादुर विष्ट, राजकुमार राई लगायत २ सय २१ जना राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । 

त्यस्तै नेकपाका दुर्गा शिवा, गोमा परियारलगायत ६ जना नेपाली कांग्रेसमा प्रवेश गरेको जिल्ला पार्टी सचिव विजय सन्तोषी राईले बताए । 

कांग्रेसका सभापति अग्निप्रसाद पौडेलको अध्यक्षमा सम्पन्न भएको पार्टी  प्रवेश तथा स्वागत कार्यक्रम प्रवेश कार्यक्रममा सहमहामन्त्री सुनिलबहादुर थापा र नवप्रवेशीहरुलाई मुलमाला तथा अविर तथा टिका लगाई दिई स्वागत गरिएको थियो । नेपाली कांग्रेस धनकुटाकी सहसचिव सीता श्रेष्ठ, क्षेत्रिय कोषाध्यक्ष निरुपा राई, नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, नगर सचिव रेणु श्रेष्ठ, सदस्य मन्दिरा भट्टराई, हिरादेवी राई लगायतले स्वागत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ