arrow

लगानीको वातावरण अझै बन्न सकेन : विनोद चौधरी

logo
प्रकाशित २०७७ पुष १ बुधबार
binod-chaudhary2.jpg

काठमाडौं। नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताए। उद्योगपति चौधरीले बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्। उनले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक सोचका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको बताए।

नेपालमा लगानी लगाउन चाहने र नयाँ युवाहरु उद्यमशिल बन्न चाहना भएता पनि उपयुक्त वातावरण नहुँदा नेपालमा आर्थिक क्षेत्रका विकास हुन नसकेको उनको भनाई छ। उनले निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐन कानुन नीति नियम बनाउने कानुनी निर्माताहरुको सोचमा सकारात्मक परिर्वतन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न नसक्ने बताए।

उद्योगपति चौधरीले ४५ वर्ष लामो उद्योग क्षेत्रमा काम गरेको अनुभाव सुनाउँदै भने,‘ नेपालमा धेरै जस्तो कानुन औद्योगीक क्षेत्रको विकासका लागि बाधक बनेका छन्। उद्योगी व्यवसायीहरु प्रति नेपालमा कानुन बनाउने निर्माताहरुको  हेर्ने दृष्टि नै गलत हुने हुँदा ऐन कानुन नीति नियमले उद्योगी व्यवसायीलाई बान्धने गरेका  भएको छ। उनले भने, यदि देशमा लागनीको वातावरण बनाएर औद्योगी क्षेत्रको विकास गरी विदेशीयका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने हो भने कानुन बनाउनु निर्माताहरुको सोचमा परिवर्तन ल्याउनु पर्छ।

जुन उद्योगीले आफ्नो जीवनकाल उद्योगमा बितायो उ केही नजान्ने। तर, ऐन कानुन बनाउने उद्योगीलाई यसरी सोच्छन् कि उद्योगी केही जान्दैन। यसलाई केही थाहा हुँदैन भन्ने अहिलको मानसिकता अन्त्य नभए सम्म देशमा नयाँ नयाँ लगानीकर्ताको जन्म हुदैन। उनले भने,  ‘देशमा कानुन कसरी बन्छ भन्ने सबैलाई थाहा छ। म आफैं दुई पटक कानुन बनाउने ठाउँमा पुगिसकेको छु। ‘नियन्त्रण गर्ने मासिकता र नकारात्मक सोच देशको आर्थिक विकास हुदैन। जबसम्म यस्ता सोचबाट मुक्ति पाइदैन तबसम्म मुलुकले आर्थिक रुपमा फड्को मार्न सक्दैन।’

यसैगरी उनले ऐन कानुन  निर्माताहरुमा पनि दक्षता हुनुपर्ने बताए। पुरानो सोचलाई परिवर्तन गर्ने पर्छ। उनले भने, आर्थिक क्षेत्रको विकासका लागि कानुनी सहजता हुनु आवश्यक छ। अन्य देशको कुरा गर्दा हाम्रो जस्तो कानुनी बाधाहरु छैन। उद्योगी व्यवसायलाई कानुनले बाधने भन्दा पनि सहजीकरण गरी दिए मात्र विदेशी वा स्वादेशी लागनी बढ्छ। हाम्रो देशमा सधै कानुनी अर्चन आइनै रहने हुने भने औद्योगी क्षेत्र विकासका जति कुरा गरेपनि हुने बाला छैन। उनले भने, ‘आफु उद्योग क्षेत्रमा लागेको ४५ वर्ष भइरहेको छ।

तर, नेपालमा अझै कानुनी समस्या उस्तै छन्, कानुनी बाधा अर्चनका बाजुत पनि २०४६ साल पछि निजी क्षेत्र आर्थिक विकासमा ठुलो परिवर्तन ल्याएको छ। विभिन्न क्षेत्रमा लगानी लगाएका छन्। पर्यटन, शिक्षा औषधीजन्य कृषि लगायतका क्षेत्रमा लगानी बढेको छ। नेपालमा लगानी लगाउन सक्ने क्षेत्रहरु धेरै नै छन्। तर, सहज वातावरण बन्न सकेको छैन।

उनले भने, ‘पछिल्लो समय नेपालीहरु पनि स्वदेशमै केही उद्यमशिल बन्न चाहान्छ। तर, उनीहरुलाई उद्यमशिल बन्ने उपयुक्त वातावरण सरकारले दिन सकेको छैन। नयाँ नयाँ प्रविधिसँग जोडिएर नेपाली युवाहरु उद्यमी बन्न तर्फ लागेका छन्। उनीहरुको प्रोत्साहनका लागि सरकारले केही भुमिका देखिदैन।

राम्रो वातावरण नहुँदा धेरै युवाहरु निरास हुने परेको छ। उद्योगपति चौधरीले भने, धेरै भन्दा धेरै युवाहरुलाई उद्यमशिल बनाउन सरकारले युवाहरुलाई प्रशिक्षणका कक्षहरु सञ्चालन गर्नुपर्छ। कतिपय युवाहरु उद्यमी बन्न चाहेर पनि सहि दिशा निर्देशन गर्ने मान्छे नहुँदा अन्य क्षेत्र लाग्नु पर्ने बाध्यता छ। देशको आर्थिक विकास र स्वदेशमै रोजगारी सृजर्ना गर्न सरकारले युवा जनशक्तिलाई उद्यमशिलको प्रशिक्षण कार्याक्रम सञ्चालन पर्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ