arrow

अफगानबाट अमेरिकी सेना हटाइदै, तालिवानी नेतासँग उच्च जनरलको भेट

logo
एएफपी,
प्रकाशित २०७७ पुष २ बिहिबार
us-army-afghanistan.jpg

वासिङ्टन । अफगानिस्तानबाट अमेरिकी सेना हटाउन वासिङ्टनले भेटघाटलाई तीब्र पारेको छ । 

यसै क्रममा एक उच्च अमेरिकी सैनिक जनरलले यो साता अफगानी राष्ट्रपति असरफ घानीसँग भेट गरी अमेरिकी सैनिक फिर्ता प्रक्रियाबारे कुराकानी गरेको पेन्टागन स्रोतले बिहीबार जानकारी गराएको छ । 

स्रोतका अनुसार अमेरिकी उच्च सुरक्षा अधिकारीले यसै हप्ता कतारमा तालीवान नेतालाई पनि भेट गरेको बताइएको छ ।

कतारमा तालीवान नेतासँग भएको भेटमा अमेरिकी सेनाका उच्च जनरल मार्क मिलीले अफगानिस्तानका लागि अमेरिकी प्रतिनिधि, अफगानिस्तानी सरकार र तालिवान समूहबीच भएको सम्झौता अनुसार राजधानी काबुललगायतका स्थानमा जारी हिंसात्मक आक्रमणलाई रोक्न आग्रह गरेको छ । 

राजनीतिक सहमति अनुसार अफगानिस्तानमा हिंसा रोक्न दुबैपक्षलाई दवाव दिएको प्रवक्ता तथा कमाण्डर सारा फ्लाहर्टीले बताए । 

क्षेत्रीय स्थायित्व र सुरक्षाका साथै अमेरिकी हितका लागि भेट उपलब्धिमुलक भएको पनि उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ