arrow

कोरोनाविरुद्धको खोप विकासमा भारतसँग सहकार्य गर्न तयार छु : चिनियाँ राष्ट्रपति सी जिनपिङ

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष २ बिहिबार
xi-jinping-china-brics.jpg

बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाविरुद्धको खोप विकासमा भारतसँग सहकार्य गर्न तयार भएको बताएका छन्। चीनले कोभिड-१९ विरूद्धको खोप विकासमा भारत र अन्य ब्रिक्स देशहरूसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै कोरोना भाइरस रोकथाम र उपचारमा आफ्नो भूमिकाको र परम्परागत औषधिबारे पनि प्रस्ताव गरेका हुन्।

१२औं ब्रिक्स शिखर सम्मेलनमा बोल्दै चिनियाँ राष्ट्रपति सीले भने, "हामीले कोरोना महामारी नियन्त्रणको प्रयासमा डब्ल्यूएचओको महत्त्वपूर्ण नेतृत्वको भूमिकालाई समर्थन गरेका छौं। चिनियाँ कम्पनीहरूले रूसी र ब्राजिलियन साझेदारहरूसँग मिलेर खोपको दुई चरणमा क्लिनिकल ट्रायलको काम गरिसकेका छौं।"

चीन दक्षिण अफ्रिका र भारतसँग पनि सहकार्य गर्न तयार छ। चीन कोभ्याक्स सुविधामा सामेल भएको छ, जुन प्लेटफर्ममा चीन अन्य देशहरू र विशेष गरी विकासशील देशहरूसँग खोप बाँडफाँड गर्न तयार भएकोसमेत उनले बताएका छन्।

"हामी ब्रिक्स मुलुकहरूमा खोपहरू उपलब्ध गराउन सक्रियताका साथ विचार गर्नेछौं। ब्रिक्स खोप अनुसन्धान तथा विकास केन्द्रको विकासलाई समर्थन गर्न चीनले आफ्नो राष्ट्रिय केन्द्र तोकेको छ। हामी अन्य ब्रिक्स देशहरूसँग अनलाइन र अफलाइन दुबैसँग मिलेर सामूहिक खोपको लागि अग्रसर हुनेछौं।"

कोरोनाविरुद्धको खोपको उत्पादनलाई आधिकारिक बनाउन र एक अर्काको मानकहरू पहिचान गर्न पनि उनले प्रस्ताव गरेका छन्। "मेरो प्रस्ताव छ कि हामी परम्परागत औषधिमा ब्रिक्स संगोष्ठी आयोजना गरौं। यसले कोरोना भाइरस रोकथाम र उपचारमा ब्रिक्सको भूमिका महत्वपूर्ण हु्न सक्छ। यसले कोभिड-१९ विरूद्ध ग्लोबल आर्सेनललाई राम्रोसँग बढावा दिन सक्छ।"

भर्चुअल शिखर सम्मेलन रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आयोजना गरेका थिए र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ब्राजिलका राष्ट्रपति जैयर बोल्सनारो र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा उपस्थित थिए। रुसी राष्ट्रपति पुटिनले बहुपक्षीयतालाई जोड दिनुपर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ