arrow

साउदीमा कोरोना भ्याक्सिन लगाउने अभियानको शुरुआत

logo
अरशद शेष राई, 
प्रकाशित २०७७ पुष ३ शुक्रबार
saudi-health-minister.jpg

साउदी अरेबिया । कोरोना भाइरस विरुद्ध साउदी अरेबियाले बिहीबारदेखि आफ्नो देशमा रहेका साउदी नागरिक तथा प्रवासी नागरिकलाई कोरोना भ्याक्सिन लगाउन थालेको छ । राजा सलमान बिन अब्दुल अजीजको निर्देशन तथा साउदी युवराजको अनुमतिपछि साउदी अरेबियामा कोरोना भाइरस विरुद्धको सबै भन्दा ठूलो कोरोना भ्याक्सिनको टिकाकारण गर्ने अभियानको शुरुआत गरिएको हो ।

बिहीबार साउदी स्वास्थ्य मंत्री डा. तौफिक अल रबिअहले कोरोना भ्याक्सिनको टीका लगाउँदै सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै फोटो सेयर गरेका छन् । 

कोरोना भाइरस विरुद्धको भ्याक्सिनको वितरण थुप्रै चरणमा वितरण गरिने बताइएको छ । जसमा सबैभन्दा पहिले कर्मचारी, बालबालिका तथा ६५ वर्षभन्दा अधिक उमेर भएका मानिसहरुलाई टीकाकरण गर्नेमा पहिलो प्राथमिकता दिने बताएको छ ।

साउदी अरेबियामा बुधबार नै फाइजर बायोएनटेक नामक कोभिड १९ भ्याक्सिन लगाउन थालिएको हो । योसँगै साउदी अरेबियामा कोरोना भ्याक्सिनका लागि आधिकारिक रजिस्टेशन शुरु भएको बताइएको छ । साउदी स्वास्थ्य मंत्रालयको वेबसाइटमा गएर रजिष्ट्रेशन गराउन सकिने छ । 

गत हप्ता साउदी खाद्य र औषधी प्राधिकरणले आयात तथा उपयोगको लागि फाइजर बायोएनटेक भ्याक्सिनलाई पंजीकरणको लागि अनुमति दिएको थियोे ।

साउदी अरेबिया सरकारले भनेको छ, ‘एन्टी भाइरस भ्याक्सिन साउदी नागरिक तथा प्रवासीहरुलाई निःशुल्क प्रदान गरिने छ ।’

खाडी देशहरुमा सबैभन्दा बढी कोरोना भाइरस महामारीबाट प्रभावित देशको सूचीमा साउदी अरेबिया पनि सामेल रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ