arrow

चीनमा कहिलेबाट दिइदैछ कोरोनाविरुद्धको खोप ?

logo
एएफपी,
प्रकाशित २०७७ पुष ३ शुक्रबार
coronavirus-vaccine.jpg

बेइजिङ । चीनले कोभिड–१९ विरुद्धको खोपलाई सर्वसाधारणको लागि आगामी केही हप्ताभित्र खुला गर्ने यहाँका स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । 

चिनियाँ राज्य सञ्चालित समाचार संस्थाका अनुसार चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणको लागि कोभिड खोप कार्यक्रम आगामी बर्षको सुरूमा सञ्चालन गर्ने योजना बनाएका छन् । यद्यपि केन्द्र सरकारले यसबारे अझै आधिकारिक स्वीकृति दिइसकेको भने छैन । 

चीनमा खोपको ‘आपतकालिन प्रयोग’ को लागि स्वीकृत भइसकेपछि कम्तिमा १० लाख नागरिकलाई खोप दिन तयारी अवस्थामा राखिएको भएपनि सुरुमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका प्राथमिकता समूहहरूमा खोप सेवा सीमित राखिने छ ।

चीनले विकास गरेका विभिन्न पाँच कोरोनाभाइरसविरुद्धका खोपहरू परीक्षणको अन्तिम चरणमा रहेका छन् । अहिलेसम्म कुनै पनि खोप प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त भएको छैन । खोपको अन्तिम चरणको परीक्षणको परिणाम प्रकाशित पनि अझै भइसकेको छैन ।

सिचुवानका प्रान्तीय स्वास्थ्य अधिकारीले सञ्चारमाध्यमसँगको कुराकानीमा सिचुवानमा चिनियाँ नयाँ वर्षको अवसरमा हुने लामो विदापछि फेब्रुवरीमा सर्वसाधारणको प्रयोगका लागि खुला गरिने सङ्केत गरे ।

बिहीबार अगावै करिब एक लाख १८ हजार मात्रा खोप सिचुवान आइपुगेको र सबै उच्च जोखिम समूहहरूलाई फेब्रुअरी ५ सम्ममा सबै उच्च जोखिममा रहेका समूहलाई खोप दिइसकिनेछ भने लगत्तै बाँकी जनसङ्ख्यामा खोप कार्यक्रम अघि बढाइने योजना रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  

चीनमा कोरोनाभाइरस गत वर्षको अन्तमा पहिलोपल्ट पत्ता लागेको थियो ।  चीनमा ठूलो मात्रामा नियन्त्रणमा ल्याइएको छ यद्यपि यहाँ पटक पटक स्वदेशभित्रै संक्रमितहरूको श्रृंखला देखिएको थियो । 

सिचुआनलाई हालैको हप्ताहरूमा पनि कोभिड–१९का साना समूहहरू देखा परेका थिए । शुक्रबार पनि सिचुवानमा एक व्यक्तिलाई कोभिड–१९ भाइरस संक्रमण भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ