arrow

कोरोना भाइरसः एकैदिन चढ्यो फेरि संक्रमितको पारो, मृतक पनि उत्तिकै

logo
प्रकाशित २०७७ पुष ४ शनिबार
corona-worldwide.jpg

काठमाडौं । विश्वभर फेरि एक पटक कोरोना भाइरसको महामारी तीव्र रुपमा बढेको छ । शुक्रबार मात्रै विश्वभर एकैदिन ७ लाख १३ हजार संक्रमित थपिएका छन् । सबैभन्दा बढी अमेरिकामा २ लाख ५२ हजार संक्रमित थपिँदा ब्रजिलमा ५२ हजार भन्दा बढी थपिए । 

समग्रमा दोस्रो स्थानमा रहेको भारतमा भने मात्र २६ हजार ९९१ जना संक्रमित थपिएका छन् । त्यस्तै बेलायतमा २८ हजार ५०७, रुसमा २८ हजार ५५२, जर्मनीमा ३१ हजार ५५३, जना थपिँदा फ्रान्समा १५ हजार ६७४, इटालीमा १७ हजार ९९२ तथा टर्कीमा २६ हजार ४१० जना थपिएका छन् । 

शुक्रबार १२ हजार ३ सय भन्दा बढीको ज्यान गएको छ । अमेरिकामा झण्डै २ हजार ८ सयको ज्यान जाँदा ब्रजिलमा ८११, मेक्सिकोमा ७१८, जर्मनीमा ८३८, रुसमा ६११ तथा भारतमा ३४२ जनाको ज्यान गएको छ । 

हालसम्म विश्वभर संक्रमित हुनेको संखया ७ करोड ५९ लाख ८८ हजार पुगेको छ । मृत्यु हुनेको संख्या १८ लाख ८० हजार ३ सय नाघेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ