arrow

बङ्गलादेशमा करिब पाँच लाख व्यक्ति कोभिड सङ्क्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७७ पुष ४ शनिबार
bangladesh-map-dhaka.png

ढाका, बङ्गलादे। बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबारसम्म करिब पाँच लाख पुगेको त्यहाँको सरकारले पुष्टि गरेको छ। शनिबार बङ्गलादेशमा थप सङ्क्रमित हुनेको सङ्ख्या एक हजार २६७ रहेको र २५ व्यक्तिको मृत्यु भएको छ। बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार अहिलेसम्म बङ्गलादेशमा चार लाख ९९ हजार ५६० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने सात हजार २४२ व्यक्तिको मृत्यु भएको छ।

मुसलमान बहुल यस मुलुकमा विगत २४ घण्टामा  १२ हजार ३०० सम्भावित व्यक्तिको नमूना परीक्षण गरिएकोमा करिब १० प्रतिशत सङ्क्रमित भेटिएका थिए।बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमित चार लाख ३५ हजार ६०१ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् भने शनिबार सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९८७ रहेको महानिर्देशनालयले जनाएको छ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये १.४५ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने अहिलेसम्म ८७.२० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएका छन्। बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी जुलाई २ मा चार हजार १९ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो भने जुन ३० मा एकै दिनमा सबैभन्दा बढी ६४ सङ्क्रमितको मृत्यु भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ