arrow

नेपाली संसद विघटन सम्बन्धी समाचार अन्तर्राष्ट्रिय मिडियाका प्रमुख स्थानमा

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
hindustan-times-ss.jpg

काठमाडौं । आइतबार बिहान आकस्मिकरुपमा बसेको मन्त्रिरिषदको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेका छन् ।

देशलाई बिग्रह तिर लाने ओलीले गरेको यो गम्भीर निर्णयको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ब्रेकिंग न्युज बनेको छ । अमेरिकी डिजिटल पत्रिका युएसन्युजले नेपालका प्रधानमन्त्रीद्वारा संसद विघटनको प्रस्ताव भन्दै यो समाचार छापेको छ ।

त्यस्तै भारतीय सञ्चारमाध्यम हिन्दुस्तानटाइम्सले यो समाचारलाई ब्रेकिंग गर्दै मुख्य पृष्ठमा नै छापेको छ । त्यस्तै टाइम्सअफइन्डियाले पनि यो समाचारलाई प्राथकिताका साथ छापेको छ ।

त्यस्तै क्यानेडाली डिजिटल पत्रिका दि टेलिग्रामले पनि यो समाचार छापेको छ । यी लगायत थुप्रै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अहिले नेपाली संसद विघटन सम्बनध समाचारको ओइरो लागेको छ ।

बैठकले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

ओलीले बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ