arrow

कांग्रेसले भन्यो –अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं 

पार्टीले लिने आवश्यक कदम र थप धारणाबारे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक दिउँसो १ बजे

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
congress-flag.jpg

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्न गरेको सिफारिसलाई गम्भीरपूर्वक लिएको भन्दै अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याउन आग्रह गरेको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले यो कदम संविधानको अक्षर, मर्म र भावना विपरीत भएको भन्दै यसलाई राजनीतिक रुपमा गम्भीर रुपले प्रतिवाद गर्ने पनि जनाएको छ । 

विज्ञप्तिमा ‘चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टीभित्रको द्धन्द्धको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय छ भनिएको छ ।’ 

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनता कोरोनाको मारमा रहेका बेला सत्ताको जितहारको द्धन्द्ध आफैमा लज्जास्पद थियो र छ । विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रुपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्नलाई असफल तुल्याइने छ ।’

विज्ञप्तिमा कांग्रेसले ‘यस्तो असंवैधकानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपील गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघसंस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपील गर्दछ’ भनेको छ ।

कांग्रेसले पार्टीले लिने आवश्यक कदम र थप धारणाबारे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक दिउँसो १ बजे बोलाइएको समेत जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ