arrow

भारतमा संक्रमित र मृतक कति ?

logo
सिन्ह्वा,
प्रकाशित २०७७ पुष ५ आइतबार
india-pcr-test.jpg

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्म एक करोड भन्दा बढी भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार ६२४ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या १ करोड ३१ लाख पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ३४१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार ४७७ जना पुगेको छ । भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा १ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३२ जनाको संक्रमणको कारण मृत्यु भएको छ । 

मन्त्रालयको पछिल्लो विवरणमा ९५ लाख ८० हजार  व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख ५ हजार ३४४ सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तिब्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १६ करोड ११ लाख ९८ हजार को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ