arrow

भारतमा संक्रमित र मुक्त हुने दर उस्तै 

logo
प्रकाशित २०७७ पुष ६ सोमबार
kamal-hasan.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी कायम रहेका अवस्थामा नयाँ संक्रमित थपिने र कोरोनामुक्त हुनेको संख्या उस्तै उस्तै भएको छ । आइतबार २४ हजार ५८९ जना संक्रमित थपिँदा २५ हजार ७०९ जना कोरोनामुक्त भएका छन् । 

अहिलेसम्म संक्रमित हुनेको संख्या १ करोड ५६ हजार २४८ रहेको छ । कोरोनामुक्त हुने ९६ लाख ५ हजार ३९० जना रहेका छन् । 

आइतबार ३३० जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ८४३ रहेको छ । 

हाल भारतमा ३ लाख २ हजार ३४३ जना सक्रिय संक्रमित रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ