arrow

बेलायत यात्रामा प्रतिबन्ध

logo
प्रकाशित २०७७ पुष ६ सोमबार
corona-europe.jpg

काठमाडौं । युरोपेली मुलुकहरुले बेलायतमा यात्रा गर्न प्रतिबन्ध लगाएका छन् । बेलायतमा कोरोना भाइरसको महामारी फेरि बढ्दै गएपछि युरोपेली मुलुकहरुले यात्रामा प्रतिबन्ध लगाउन थालेका हुन् । 

बीबीसीले लेखे अनुसार आयरल्याण्ड, जर्मनी, फ्रान्स, इटाली, नेदरल्याण्डस् र बेल्जियमले बेलायतमा हवाइ उडान बन्द गरेका छन् ।

युरोपियन युनियन (इयू) ले यसबारे आधिकारीक निर्णय नगरे पनि ती राष्ट्रहरुले बेलायत भ्रमणका लागि आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएका हुन् । थप बारेमा इयूको बैठक सोमबार बिहान बस्दैछ । 

लण्डन र दक्षिण पूर्व इङ्ल्याण्डमा कोरोनाको जोखिम बढेसँगै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ती क्षेत्रमा प्रतिबन्धको घोषणा यसअघि नै गरिसकेका छन् । 

यसबाट क्रिसमस मनाउन प्रतिबन्ध लगाइएको छ । बाहिर कसैलाई पनि भेट्न पाइने छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ