arrow

नकारात्मक खबर रोक्न चीनद्धारा पाँच हजार भन्दा बढी आदेश 

logo
प्रकाशित २०७७ पुष ६ सोमबार
xi-jinping-china-brics.jpg

काठमाडौं । चीनले आफू विरुद्धका नकारात्मक खबर रोक्न पाँच हजार आदेश दिएको खुलासा भएको छ । गत फेब्रुअरी ७ तारिखको बिहान शक्तिशाली इन्टरनेट सेन्सरहरुले खुलासा गरेका थिए कि कोरोना भाइरसको प्रकोपबारे पहिलो पटक चेतावनी दिएका चिनियाँ चिकित्सक ली वेनलियाङको कोरोनाबाटै मृत्यु भयो भनेर । एकाएक सामाजिक संजाल तातेको थियो । 

चिनियाँ अधिकारीहरुले तत्काल स्थानीय प्रोपोगन्डा कार्यकर्ताहरु तथा समाचार माध्यमहरुलाई गोप्य निर्देशन पठाइयो । न्यूज वेबसाइटलाई डा. लीको मृत्युको खबर रोक्न आदेश दिइयो ।  

उक्त खबर रोक्नका लागि पाँच हजार भन्दा बडी आदेश र निर्देशन जारी गरिएको थियो । सामाजिक संजाल साइटहरुमा ठूलो संख्यामा प्रतिक्रिया र कमेन्ट गर्ने ठूलो फर्जी फौज उतारियो । तर उनीहरुलाई आफ्नो पहिचान लुकाउने र कट्टर देशभक्तिबाट बच्नका लागि सल्लाह दिइयो । 

उक्त हजारौं सरकारी निर्देशन र दस्तावेजहरुको न्यूयोर्क टाइम्स र स्वयंसेवी न्यूज संगठन प्रो पब्लिकाले यसको समीक्षा गरेका छन् । उक्त समीक्षाबाट चिनियाँ अधिकारीहरुले समाचारमाथि काबु गर्नका लागि कडा निर्देशन जारी गरिएको र सामाजिक संजालमा आएको खबर झुठो सावित गर्न निकै ठूलो संख्यामा युवाहरु परिचालन गरिएको निष्कर्ष निकालिएको थियो । 

यसका लागि प्रविधिको भरपूर उपयोग भएको थियो । डिजिटल मिडिया संस्थानहरु तथा सामाजिक संजाल निगरानीमा ठूलो मात्रामा रकम खर्च गरिएको थियो । 

विरोध र असन्तुष्टि दबाउनका लागि सुरक्षाकर्मीहरुको समेत प्रयोग भएको खुलेको छ । दस्तावेजहरुबाटै चीनले कोरोना भाइरसको महामारी फैलने खबरमाथि अंकूश लगाउन शुरु गरेको स्पष्ट हुन्छ । 

केही हप्तापछि जब कोरोना तीव्र गतिमा फैलन थाल्यो तब त्यस्ता अंकूशहरु खुकुलो बनाइयो । ताकि चीनको नकारात्मक छविमाथि कसैले औंला नउठाओस् । 

किनकि अमेरिका र अन्य युरोपेली देशहरुले लगातार चीनको यो गलत कदमको आरोप लगाएका थिए । चीनले कोरोना भाइरसको फैलावटबारे जानकारी नदिएको भनी चीनमाथि आरोप लागेको हो । 

दस्तावेजका अनुसार चिनियाँ अधिकारीहरुले भाइरस अधिक गम्भीर नभएको समेत स्पष्ट पारिरहेका थिए । क्यालिफोर्निया विश्वविद्यालयमा आइटी कलेजका अनुसन्धान वैज्ञानिक सियाओ किआङले चीनले सेन्सरसीपको मजबुद सिष्टम तयार गरेका थिए । यो सिष्टम अन्य कुनै देशमा छैन । फेब्रुअरीमै चिनियाँ राष्ट्रपति सी चिनफिङले डिजिटल मिडियामाथि कडा नियन्त्रणका लागि उच्चस्तरीय बैठकसमेत बोलाएका थिए । 

टाइम्सले आफूलाई प्राप्त दस्तावेजमा चीनका इन्टरनेट रेगुलेटभर, साइबर स्पेस एडमिनिस्ट्रेशन र हाङझोउ शहरबाट ३२ सय निर्देश तथा १८ सय मेमो सामेल रहेको जनाएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ