arrow

बाइडेनले लगाए कोरोना विरुद्धको पहिलो भ्याक्सिन

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
joe-biden-corona-vaccine.jpg

काडमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको पहिलो भ्याक्सिन लगाएका छन् । उनले फाइजर कोभिड–१९ भ्याक्सिन लगाएका हुन् । जनवरी २० देखि औपचारिक रुपले सपथ ग्रहण गर्ने तयारीमा रहेका बाइडेनले लगाएको भ्याक्सिनको भिडियो टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । 

उनले भ्याक्सिन लगाएसँगै ‘लिँदा सुरक्षित भइन्छ’ भन्ने सन्देश सम्पूर्ण अमेरिकीलाई दिएका छन् । उनले भ्याक्सिनबारे ढुक्क रहन आग्रहसमेत गरेका छन् । 

बाइडेनले हरेक अमेरिकी नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन लगाउन अपीलसमेत गरेका छन् । बीबीसीले लेखे अनुसार उनले कोरोना विरुद्धको भ्याक्सिन पत्ता लगाएको जश वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई जानेसमेत बताएका छन् । 

बाइडेनसँगै उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलिसोले पनि भ्याक्सिन लिएका छन् । गत आइतबार दोस्रो भ्याक्सिन मोडेर्ना पनि दिन थालिएको थियो । 

गत हप्तादेखि चलाइएको भ्याक्सिन अभियानबाट अहिलेसम्म पाँच लाख अमेरिकीले भ्याक्सिन लगाइसकेको दावी गरिएको छ । 

भ्याक्सिन लगाएपछि बाइडेनले ‘कुनै चिन्ताको विषय नभएको’ बताएका छन् । उनले आफ्नो कार्यकालको सय दिनमा १० करोड भन्दा बढीलाई भ्याक्सिन लगाउने घोषणा गरिसकेका छन् ।

कोरोनाबाट अमेरिकामा अहिलेसम्म १ करोड ८४ लाख ७४ हजार संक्रमित भइसकेका छन् । सोमबारमात्रै दुई लाख भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । 

त्यस्तै सोमबार १ हजार ८४१ जनाको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा ३ लाख २६ हजार ७७२ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ