arrow

कोरोना संक्रमितले जहाज उडिरहेका बेला आकासमै ज्यान गुमाए

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
Airport.png

काठमाडौं । अमेरिकी एयरलाइन्स कम्पनी युनाइटेड एयरलाइन्सको जहाज उडिरहेकै अवस्थामा कोरोनाको लक्षण देखिएका एक व्यक्तिले ज्यान गुमाएका छन् ।

रोग नियन्त्रण एवं रोकथाम केन्द्रले अहिले उक्त जहाजमा यात्रा गरिरहेका व्याक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिंग गरिरहेको छ । उडान अघि ती व्यक्तिले भरेको विवरणमा उनले कोरोनाको लक्षण नदेखिएको र पोजेटिभ पनि नभएको लेखेका थिए ।

ओर्लान्डोबाट लस एन्जलस उडेको उक्त जहाज उडानको बीचमै ती व्यक्ति बिरामी भएपछि जहाज न्यु ओर्लिन्समा डाइभर्ट गरिएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो, तर अस्पतालले उनलाई मृत घोषणा गरेको छ ।

जहाजमा यात्रुहरुलाई भने ती व्यक्तिलाई हृदयघात भएको बताइएको थियो । यद्यपी पछि रोग नियन्त्रण एवं रोकाथम केन्द्र (सीडीसी)ले यात्रुहरुलाई कन्ट्याक्ट ट्रेसिङका लागि सम्पर्क गरेपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको थाहा भएको हो । एमएसएन
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ