arrow
ADVERTISEMENT

कांग्रेसले अभिभावकीय जिम्मेवारी निर्वाह गर्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ७ मंगलबार
congress-meet.jpg

काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थतिमा अभिभावकीय नेतृत्व निर्वाह गर्न सुझाव आएको छ। मंगलबारबाट सुरु केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेताहरुले विधि र विधान विहिन अवस्थामा मुलुकलाई पुर्याइएको वर्तमान समयमा जिम्मेवारीपूर्वक अभिभावकीय नेतृत्वमा कांग्रेस रहनु पर्ने धारणा नेताहरुबाट आएको हो।

बैठकमा धारणा राख्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा भंग हुनु असंवैधानिक कदम भएको भन्दै त्यसको विरोध गर्दै कांग्रेस जिम्मेवारीपूर्वक अघि बढ्ने बताए। ‘संसद विघटनको कदम असंवैधानिक छ, यसको कांग्रेसले सशक्त प्रतिवाद गर्नुपर्छ, तर कांग्रेस मुलुकको यो अवस्थामा जिम्मेवार पनि हुनुपर्छ,’ बैठकमा देउवाले भने।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको कदमलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै संविधानको सर्वोच्चताका लागि कांग्रेस गम्भीर बनेर अघि बढ्नुपर्ने धारणा राखे। उनले पहिलेका जस्तै सत्ताको लोभमा पार्टी फस्न नहुने र सजग हुनुपर्ने धारणा समेत बैठकमा राखे।

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बैठकमा मुलुकको वर्तमान राजनीतिक अवस्थालाई समीक्षा गर्ने कामसँगै वैज्ञानिक ढंगबाट अविभावकीय जिम्मेवारी निर्वाह गरिनु पर्नेतर्फ नेताहरुबाट धारणा आएको जानकारी दिए।

मंगलबारको बैठकमा सभापति देउवा सहित, वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्यहरू महेश आचार्य, नारायण खड्का तथा एनपी साउदले धारणा राखेको र बैठक बुधबार १ बजे पुनः बस्ने नेता केसीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ