arrow

विवादित टापुहरुमा चिनियाँ गतिविधिबारे जापानको गम्भीर चिन्ता

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष ८ बुधबार
japan-defence-minister-kono.jpg

टोकियो। जापानको सेन्काकु टापुमा चिनियाँ गतविधिहरुमा वृद्धि भइरहेकप्रति जापान सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जापानी रक्षामन्त्री तारो कोनोले जापानका लागि चीनका राजदूत कोङ स्युयान्यूलाई उक्त टापुमा भइरहेका गतविधिप्रति ध्यानाकर्षण गराउँदै गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनले भने, "टोकियोको नियन्त्रणमा रहेको तर बेइजिङ गरे अवैध रुपमा दाबी गरेको पूर्वी चीन सागर टापु वरपरका गतिविधिहरूबाट चीन टाढा बस्‍नुपर्छ।"

कोनोले रक्षा मन्त्रालयमा ४० मिनेटको बैठकमा चिनियाँ कार्यको बारेमा कडा चिन्ता व्यक्त गरेकाो एनएचकेले जनाएको छ। गत महिना जापानले चिनियाँ सरकारको जहाजलाई टापुहरूको वरिपरिको भूभागमा बारम्बार घुसपैठ गरेको आरोप लगाएको थियो।

गत महिना चीनले भनेको थिए, जापानमा सेन्काकू र चीनको दियाओयु भनेर चिनिने टापुहरू चिनियाँ क्षेत्र हुन् र यस क्षेत्रमा कानून प्रवर्तन गतिविधि सञ्चालन गर्ने अधिकार छ। तर, उक्त टापुहरु हाल जापानको नियन्त्रणमा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ