arrow

पाकिस्तानी विपक्षी दलहरुद्वारा जनवरी ३१ सम्म राजीनामा दिन प्रधानमन्त्री इमरान खानलाई चेतावनी

logo
प्रकाशित २०७७ पुष ८ बुधबार
fazlur-rehman-pak.jpg

लाहोर। पाकिस्तान प्रजातान्त्रिक आन्दोलन (पीडीएम) मा आवद्ध ११ विपक्षी राजनीति दलको गठबन्धनले प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकारलाई जनवरी ३१ सम्म राजीनामा दिन चेतावनी दिएको छ। जनवरी ३१ सम्म राजीनामा नदिए तीव्र आन्दोलनहरूको सामना गर्न चेतावनी दिइएको हो। "आज हामी सरकारलाई स्पष्ट पार्न चाहन्छौं कि जनवरी ३१ सम्म राजीनामा गर्नुपर्दछ," डनले जमीयत उलेमा-ए-इस्लाम (जेयूआई-एफ) का नेता मौलाना फजलुर रहमानलाई उदृत गर्दै सोमबार भनेको छ।

रहमानले लाहोरमा पीएमएल-एनको मरियम नवाज, पीपीपी प्रमुख बिलावल भट्टो जरदारी र अन्य विपक्षी नेताहरूसँगको छलफलपछि मिडियासँग कुराकानी गर्दै यस्तो बताएका हुन्। उनले यदि सरकारले त्यस बेलासम्म राजीनामा गर्न अस्वीकार गरे भने पीडीएमको नेतृत्वको बैठकले फेब्रुअरी १ ​​मा इस्लामाबादमा बृहत र्‍यालीको घोषणा गर्ने र कहिले कस्तो आन्दोलन गर्ने भन्‍ने तय पनि बैठकबाटै निर्णय गरिने बताएका छन्।

"पीडीएममा रहेका सबै पार्टी कार्यकर्ताहरू र पाकिस्तानका जनतालाई आजदेखि नै बृहत र्‍यालीको तयारी गर्न अपिल गरिएको छ," उनले थपे। पाकिस्तानमा आगामी आम चुनाव २०२३ का लागि तय गरिएको छ।

लाहोर र्‍यालीको क्रममा जियो न्युजले रहमानलाई उद्धृत गर्दै भनेका छन्, "हामी जनवरीको अन्तिममा वा फेब्रुअरीको सुरुमा इस्लामाबादतर्फ लाग्नेछौं।" उनले थपे, "अब हामी अवैध सरकारलाई शासन गर्न दिनेछैनौं। यो समाप्त भए पछि मात्र हामी आराम गर्नेछौं।”

लाहोरमा इमरान खानको नेतृत्वमा रहेको सरकारविरुद्धको छैटौं शक्ति प्रदर्शनपछि पीडीएमले शीर्ष दलका नेताहरूको बैठक बोलाएको थियो। जसमा आगामी र्‍यालीको रणनीतिबारे छलफल गरिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ