arrow

मध्य फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या

logo
एएफपी,
प्रकाशित २०७७ पुष ८ बुधबार
france-security1.jpg

लियोन। मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ। प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो।

उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन्। बुधबार मध्यरात एक महिलाको उद्धार गर्नेक्रममा ४८ वर्षीय एक व्यक्तिले प्रहरीमाथि गोली चलाएको प्रहरीले जनाएको छ।

आक्रमणकारी ती व्यक्तिले एक प्रहरीलाई गोली हानी हत्या गर्नुअघि ती महिलाको घरमा पनि आगो लगाइदिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ