arrow

बिहिबारबाट कुवेतमा खोप लगाउने अभियान

logo
सिन्ह्वा,
प्रकाशित २०७७ पुष ८ बुधबार
corona-vaccine1.jpg

कुवेत सिटी । कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ । आगामी बिहीबार (भोलि) देखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बुधबार जानकारी दिए ।

खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ । उनले एक वर्षभरी एक-एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिए । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाइ दिने योजना बनाइएको पनि उनले बताए ।

पछिल्ला महिनाहरुमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न र खोप ल्याउनका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाप्रति उनले सबैलाई धन्यवाद पनि व्यक्त गरे ।  “उनहरुकै कडा मेहनतका कारण खोप ल्याएर लगाउन पाइने भएको हो,” मन्त्री सबाहले भने ।

खोप लगाएसँगै मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने सरकारी अधिकारीहरुले आशा गरेका छन् । कुवेतले कोरोनाभाइरस विरुद्धको पहिलो चरणको खोप बुधबार स्वदेश ल्याएको अधिकारीहरुले जानकारी दिएका छन् ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ