arrow

कोरोनाका कारण भारतका विभिन्न राज्यमा कफ्र्यु

logo
एएनआई,
प्रकाशित २०७७ पुष ८ बुधबार
corona-india-railway.jpg

मुम्बई। कोरोनाभाइरसको महामारी थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कफ्र्यु जारी गरिएको छ। दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कफ्र्यु आदेश जारी गरिएको छ। कफ्र्यु रातको समयमा मात्रै लागू हुने भएको छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कफ्र्यु आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन्।

यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कफ्र्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कफ्र्यु लगाएको हो। महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कफ्र्यु लगाइएको अधिकारीहरूले जनाएका छन्। नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कफ्र्यु आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ।

कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गरेका छन्। चाडपर्वसम्बन्धी गतिविधि विषेश गरेर रातिको समयमा धेरै हुने भएकाले रात्रिकालीन कफ्र्यु लगाइएको अधिकारीहरूको भनाइ छ। भारतको कर्नाटकमा मात्रै अहिलेसम्म कोरोनाभाइरसका कारण १२ हजार २९ जनाको मृत्यु भएको छ भने कूल १४ हजार १४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ