arrow

भारतमा एकैदिन पाँच हजारभन्दा बढी कोरोना संक्रमित घटे

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
toribari.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । उक्त क्रममा सक्रिय संक्रमित घट्दै गएका छन् । बुधबारमात्र पाँच हजारभन्दा बढी कोरोना संक्रमित कम भएका छन् । 

बुधबार २४ हजार २३६ जना नयाँ संक्रमित थपिएकामा २९ हजार ३६४ जना कोरोनामुक्त भएका छन् । हाल २ लाख ८१ हजार ९५९ जना सक्रिय संक्रमित रहेका छन् । 

अहिलेसम्म १ करोड १ लाख २३ हजार ५४४ जनालाई कोरोना लागेको छ । कोरोनामुक्त हुने ९६ लाख ९२ हजार ६१ जना पुगेका छन् । 

बुधबार ३०२ जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेहरु १ लाख ४६ हजार ७७८ जना पुगेका छन् । 


केरल भने नयाँ संक्रमित स्थल बन्दै गएको छ । त्यहाँ तीव्र गतिमा कोरोना फैलिरहेको छ । पछिल्लो एक सातामा ४४ हजार नयाँ संक्रमित भेटिएका छन् । बुधबार सबैभन्दा बढी ६ हजार १६९ जना संक्रमित थपिएका छन् ।

अहिलेसम्म केरलमा ७ लाख २१ हजार ५११ जना संक्रमित केरलमा भइसकेका छन् । अहिलेसम्म २ हजार ८९३ जनाको ज्यान गएको छ । केरल पाँचौं स्थानमा आइपुगेको छ । 

सबैभन्दा संक्रमित महाराष्ट्रमा भएका छन् । त्यहाँ १९ लाख ६ हजार ३७१ जना संक्रमित भएका छन् । दोस्रो स्थानको कर्नाटकमा ९ लाख १२ हजार ३४० जना, आन्ध्रप्रदेशमा ८ लाख ७९ हजार ७१८ जना र तमिलनाडुमा ८ लाख १० हजार ८० जना संक्रमित भएका छन् । 

छैटौं दिल्लीमा ६ लाख १९ हजार ६१८ तथा नेपालको सीमासँग जोडिएको बिहारमा २ लाख ४८ हजार ६८८ जना संक्रमित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ