arrow

उत्कर्षमा पुग्दै कोरोना भाइरसको रुप, एकैदिन थपिए ६ लाख ७९ हजार

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
mask-fashion.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी फैलने क्रम अझै जारी छ । एक वर्षदेखि विश्वमा फैलिन थालेको यो रोगको दोस्रो चरण अझै खतरनाक हुन सक्ने भन्दै विश्वभर चिन्ता छाएको छ । अमेरिकामा निरन्तर संक्रमितहरु बढिरहेका छन् भने युरोपेली देशहरुमा दोस्रो लहर आइरहेको छ । 

बेलायत, फ्रान्स, इटाली, स्पेन, जर्मनी, ब्रजिल लगायतका देशमा दोस्रो लहरले छोएको छ । बेलायतमा कोरोनाको नयाँ स्वरुप देखिएसँगै बेलायतसँग धेरै देशले सम्बन्ध टुक्राएका छन् । 

बेलायतमा हवाइ उडान रोकिएको छ भने बेलायतबाट आफ्नो देशमा आउने नागरिकलाई समेत प्रतिबन्ध लगाउन थालिएको छ । 

बुधबारमात्रै ६ लाख ७९ हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा २ लाख ३१ हजारको हाराहारीमा थपिएका छन् । त्यहाँ बुधबार मात्रै ३ हजार ३५० भन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ करोड ८९ लाख १५ हजार भन्दा बढी संक्रमित भएका छन् । ३ लाख ३४ हजार १७४ भन्दा बढीको ज्यान गइसकेको छ । 

दोस्रो स्थानको भारतमा बुधबार २४ हजार २३६ संक्रमित थपिँदा ३०२ जनाको ज्यान गयो । तेस्रो ब्रजिलमा ४६ हजार ६५७ जना संक्रमित थपिँदा ९७९ जनाको ज्यान गएको छ । 

चौथो रुसमा २७ हजार २५० संक्रमित थपिँदा ५४९ जनाको ज्यान गएको छ । पाँचौं फ्रान्समा १४ हजार ९२९ जना संक्रमित थपिँदा २७६ जनाको ज्यान गएको छ । छैटौं बेलायतमा ३९ हजार २३७ संक्रमित थपिँदा ७४४ जनाको ज्यान गएको छ । 

सातौं टर्कीमा १९ हजार ६५० जना संक्रमित थपिँदा २५९ जनाको ज्यान गयो भने आठौं इटालीमा १४ हजार ५२२ जना संक्रमित थपिँदा ५५३ जनाको ज्यान गयो । 

नवौं स्पेनमा ९ हजार २२० संक्रमित थपिँदा १७८ जनाको ज्यान गएको छ । दशौं जर्मनीमा ३१ हजार २९७ जना संक्रमित थपिँदा ८८६ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ