arrow

इथियोपियामा हालै भएका आक्रमणमा कम्तीमा सय जनाको मृत्यु : अधिकारवादी समूह

logo
सिन्ह्वा,
प्रकाशित २०७७ पुष ९ बिहिबार
ethiopia2.jpg

अदिस अबाबा। इथियोपियामा विगत दुई दिनमा भएका सशस्त्र झडपमा कम्तीमा १०० व्यक्तिको मृत्यु भएको राष्ट्रिय अधिकारवादी समूहहरूले बिहीबार बताएका छन्। बेनिसा एनगुल गुमुज राज्यको मेकेटेलस्थित केकोजी गाउँमा सशस्त्र समूह पसी गाउँलेहरू सुतिराखेको अवस्थामा घर तथा टहरामा आगो लगाएको र केहीलाई गोली हानी हत्या गरेको इथियोपियाली मानव अधिकार आयोगले सिन्ह्वासँग बताएको छ।

मानव अधिकारवादी उक्त समूहले इथियोपियामा पछिल्लो केही समय यता मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बनेको र यसले नागरिक आक्रान्त बनेका बताएको छ। आक्रमण लुकीछिपी तथा हाकाहाकी दुबै रूपमा हुने गरेका यसले पछिल्ला महिनाहरूमा निकै विकराल रूप लिएको आयोगले बताएको छ।

मानव अधिकारवादी समूहहरूले गरेको छानवीनमा आक्रमण भएका स्थानहरूमा सुरक्षा दिन सुरक्षाकर्मी पुग्न नसकेको तर आयोगले स्थानीयको सूचना र सोधपुछका आधारमा घटनाको लेखाजोखा राखिरहेको उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ