arrow

फ्रान्सेली राष्ट्रपति म्याक्रोँ कोरोना लक्षणमुक्त

logo
एएफपी,
प्रकाशित २०७७ पुष ९ बिहिबार
emmanuel_macron.jpg

पेरिस। फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँ कोरोना लक्षणमुक्त भएका छन्। कोरोनाभाइरसबाट सङ्क्रमित भएको एक हप्तापछि उनमा कोरोनाको कुनै लक्षण नदेखिएको राष्ट्रपति कार्यालयले बिहीबार जनाएको छ। कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी सेल्फ आइसोलेसनमा बस्दै आएका थिए। उनले सेल्फ आइसोलेसनस्थलबाटै कार्यालयका कामहरु पनि गर्दै आएको अधिकारीहरुले बताएका छन्।

सुरुदेखि नै गम्भीर समस्या नदेखिएकाले क्वारेन्टिनमा बस्न आवश्यक नभएकाले उनी घरमै सेल्फ आइसोलेसनमा बसेको जनाइएको छ। “राष्ट्रपति म्याक्रोँलाई अहिले कुनै लक्षण देखिएको छैन,” राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ।

सङ्क्रमित भएपनि उनले कामलाई निरन्तरता दिएको र मुलुकको महत्वपूर्ण कार्यहरूमा कुनै असर नगरेको अधिकारीहरुको भनाइ छ। अघिल्ला दिनमा ४३ बर्षीय राष्ट्रपति म्याक्रोँको अवस्था स्थीर भएपनि बुधबारदेखि भने धेरै सुधार भएको पाइएको छ।

फान्समा क्रिसमस विदाको बेलामा कोरोनाभाइरसको महामारी थप फैलिनसक्ने चिन्ता धेरैले व्यक्त गरेका छन् भने कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु लागु गरिएको छ। कोरोनाबाट सङ्क्रमित भएका मध्ये फ्रान्समा अहिलेसम्म कम्तीमा ६२ हजारभन्दा बढीको मृत्यु भएको छ।

अधिकारीहरूका अनुसार बुधबार मात्रै झण्डै १५ हजार नयाँ सङ्क्रमित पछिल्लो २४ घण्टामा थपिएका छन्। सोही अवधिमा २७८ जनाको मृत्यु पनि भएको छ।

फ्रान्समा कोरोनाभाइरस विरुद्धको खोप आगामी आइतबारदेखि दिइने भएको छ। खोप सवैभन्दा पहिला स्वास्थ्यकर्मी र बृद्धबृद्धाहरूलाई दिइने अधिकारीहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ