arrow

ब्रजिलमा एक लाख ८९ हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७७ पुष ९ बिहिबार
brazil-corona.jpg

साओ पाउलो। ब्रजिलमा विगत २४ घण्टामा ९६१ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ। यससँगै ब्रजिलमा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमित एक लाख ८९ हजार २२० व्यक्तिको मृत्यु भएको छ। उक्त अवधिमा ४६ हजार ६९६ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ७३ लाख ६५ हजार ५१७ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

कोभिड–१९ सङ्क्रमणको महामारीबाट अति प्रभावित करिब चार करोड ६० लाख जनसङ्ख्या रहेको ब्राजिलको अति घना सहर साओ पाउलोमा मात्र अहिलेसम्म कूल ४५ हजार ५७६ व्यक्तिको मृत्यु भएको छ भने १४ लाख नौ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।

साओ पाउलो राज्यमा डिसेम्बरका सुरुका २३ दिनमा नोभेम्बरको सोही अवधिको तुलनामा कोभिडजन्य सङ्क्रमण र मृत्युका घटना बढेका देखिएका छन्। 

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेपछि क्षेत्रीय राजधानी साओ पाउलोमा क्रिसमस र नयाँ वर्षलाई लक्षित गरी डिसेम्बर २५, २६ र २७ तथा जनवरी १, २ र ३ मा बार रेष्टुरेण्टसहितका दैनिक अति आवश्यक सेवा बाहेकका सेवालाई बन्द गर्ने बताइएको छ।

क्रिशमस र नयाँ वर्षमा नागरिकहरू पर्वमय मानसिकतामा रहने र धार्मिक, साँस्कृतिक तथा सामाजिक क्रार्यक्रमहरूलाई धुमधामका साथ मनाउने भएकोले यसका कारण हुने भीड तथा जमघटले कोभिड–१९ सङ्क्रमण थप फैलिने भन्दै सरकारले ती दिनहरूमा अतिआवश्यक सेवाबाहेकका सेवालाई बन्द गर्ने बताएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ