arrow
ADVERTISEMENT

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई मातृशोक

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
surendra-raj-pandey-aama.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । उनकी ९८ बर्षिय आमा योगेन्द्र कुमारी पाण्डेको शुक्रबार बिहान निधन भएको हो । 

उनको अन्तिम श्रद्धाञ्जली शुक्रबार बिहान पशुपति आर्यघाटमा हुने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनका पाँच छोरा छन् । केन्द्रीय सदस्य पाण्डेसँगै भुपराज  पाण्डे, विश्राराज पाण्डे, ऋषिराज पाण्डे  र राजेन्द्रराज पाण्डे उनका छोराहरु हुन् । 

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका निवर्तमान नेता पाण्डेलाई मातृशोकप्रति दुख व्यक्त गर्दै स्वर्गीय पाण्डेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ