arrow

नरेन्द्र मोदीले नौ करोड किसानको खातामा १८ हजार करोड राखिदिँदै

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
narendra-modi.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार नौ करोड भारतीय किसानको बैंक खातामा १८ हजार करोड भारतीय रुपैयाँ ट्रान्सफर गरिदिँदै छन् । उक्त कदमअनुसार हरेक किसानको खातामा २–२ हजार भारु जानेछ । 

उक्त क्रममा प्रधानमन्त्री मोदीले ६ राज्यका किसानासँग भिडियो कन्फ्रेन्समार्फत कुराकानी पनि गर्ने भएका छन् । यो कार्यक्रमलाई देशभरका दुई करोड भन्दा बढी किसानलाई देखाइने भएको छ । 

भारतमा कृषि कानूनलाई लिएर किसानले आन्दोलन चलाइरहँदा मोदीले भने तिनै किसानका लागि नयाँ योजना ल्याएका हुन् । 

शुक्रबार पूर्व प्रधानमन्त्री अटलविहारी वाजपेयीको जन्मजयन्ती हो । देशभर भारतीय जनता पार्टी (बीजेपी) ले कार्यक्रम गर्नेछ । 

प्रधानमन्त्री किसान सम्मान निधिका तर्फबाट देशभरका किसानलाई हरेक वर्ष केन्द्र सरकारले ६ हजार भारु तीन किस्तामा दिँदै आएको छ । अहिलेस्म्म १० करोड ९६ लाख किसानले यो योजनाबाट लाभ लिएका छन् । 

यसैबीच किसान आन्दोलनको शुक्रबार ३० औं दिन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ