arrow

ईमान्दार चिनियाँ अर्बपती ज्याक माको कम्पनी नष्ट गर्दै ‘सी चिनफिङ’

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
jack-ma-alibaba.jpg

काठमाडौं । लामो संघर्षको बाटो पार गरेर एक प्रतिष्ठित उद्यमीका रुपमा चिनिएका ईमान्दर मानिने चिनियाँ धनाढ्य ज्याक मा चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपीको)को निशानामा परेका छन् ।

गत नोबेम्बरमा ज्याक माले आफ्नो फिनटेक ‘आन्ट ग्रुप’चाहिएमा सरकरलाई नै दिन तयार रहेको भनेका थिए ।

‘देशलाई चाहिएसम्म आन्ट ग्रुपको जुनसुकै भाग पनि लैजान सक्नुहुन्छ ।’ ज्याक माले भनेको कुरा वाल स्ट्रेट जर्नलमा उल्लेख छ ।

देशकालागि यति समर्पित उद्यमी ज्याक माको ईमान्दारिता सीसीपीलाई भने सह्य हुन सकेको छैन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रशासनले गत अक्टोबरदेखि ज्याक मालाई निशाना बनाउन थालेको हो ।

माले अक्टोबरमा चिनियाँ वित्तिय व्यवस्था पूरानो भइसकेको र यसले आन्ट ग्रुप जस्ता नयाँ फिनटेक कम्पनीहरुलाई राम्रो वातावरण दिन नसक्ने बताएका थिए ।

विश्वव्यापी रुपमा आलोचित चिनियाँ बजारले नयाँ प्रविधिका लागि अनुसन्धान गर्न जोखिम हुने भन्दै नक्कल गरेर सस्तो समान बनाउँने गरेको आरोप छ ।

यस विषयमा चीनभित्र कसैले बोलेमा सीसीपीले सजाय समेत दिनसक्ने डर छ ।

बन्ड सम्मलेनमा बोल्दै ज्याकमाले ‘चीनसँग वित्तिय जोखिमका लागि उचित पद्यती नभएका’े बताएका थिए । उनले चीनमा नयाँ इन्नोभेसनका लागि ट्रेन स्टेसनबाट एयरपोर्टलाई नियमन गर्ने किसिमको वातावरण भएको र यसलाई परिवर्तन गर्नुपर्ने टिप्पणी गरेका थिए ।

यसपछि, नोबेम्बरमा सेयर बजारमा सुचिकृत हुन लागेको ३७ अर्ब डलरको ज्याक माको आन्ट ग्रुपलाई सीसीपी प्रशासनले रोक लगाइ दियो ।

आन्ट ग्रुपको सेयरबजारमा सुचिकृत मात्रै रोकिएन अहिले चिनियाँ प्रमुख वाचडगले ‘अलिबाबा’(ज्याकमाको अनलईन किनमेल कम्पनी)माथि समेत छानबिन सुरु गरेको छ ।

बजार नियामकको केन्द्रीय विभागले बिहीबार एक विज्ञप्ती जारी गर्दै अलिबाबाले ‘दुईमध्ये एकलाई छान्ने’ नीति लागु गरी व्यापारीहरुलाई अरु प्लेटफर्म छोडेर अलिबाबामै आफ्नो समान बेच्न बाध्य पारेको भन्ने आरोप लगाएको हो ।

अलिबाबाले एक विज्ञप्ती जारी गर्दै कम्पी नियामकसँग मिलेर छानबिनमा रहन तयार रहेको बताएको छ ।

योसँगै अलिबाबाको बिहिबारको सेयर बजारको मुल्यमा ८ प्रतिशतले गिरावट आएको थियो ।

हिजो नै ज्याकमाको आन्ट ग्रुपलाई बित्तिय अधिकारीहरुले छलफलका लागि बोलाएका थिए ।

आन्ट ग्रुप अनलाईन भुक्तानी प्लेटफर्म अलि—पेको अभिभावक कम्पनी हो । त्यस्तै यसले ऋण दिने र लिनेकाबीच मध्यस्थताको रुपमा समेत काम गर्छ ।

यसरी ज्याक माको कम्पनीलाई सि जिनपिङ प्रशासनले व्यवस्था विरुद्ध बोलेको भन्दै एकपछि अर्काे प्रहार गरेर नष्ट गर्ने तयारी थालेको छ ।

चिनियाँ केन्द्रिय मिडियाले त अलि—पे एवं आन्ट ग्रुपसँग सहकार्य गरिरहेका बैंकहरुलाई रोक लगादिनेसम्मको कुराहरु समेत उल्लेख गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले कुनै पनि ठूला उद्यमी एवं कम्पनीहरुलाई आफ्नो नियन्त्रणमा राख्ने गर्छ ।

आफ्नो कम्पनी चाहिएमा कम्युनिस्ट पार्टीलाई नै बुझाइदिन्छु भन्ने ज्याकमालाई समेत सीसीपीले ठूलो दबाब दिन थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ