arrow

मोरक्कोले ६ करोड ५० लाख खोप लिने

logo
एएफपी,
प्रकाशित २०७७ पुष १० शुक्रबार
morocco-map.jpg

राबात। उत्तर अफ्रिकी मुलुक मोरक्कोले नयाँ कोरोनाभाइरसका लागि ६ करोड ५० लाख खोप खरिद गर्ने भएको छ। मोरक्कोले आफ्ना २ करोड ५० लाख नागरिकलाई खोप दिने तयारी गरेको छ।

मोरक्कोका स्वास्थ्य मन्त्री खालिद एट तालेबले एक विज्ञप्ति प्रकाशन गरी खोप खरिद र वितरणका लागि तयारी अन्तिम चरणमा पुगिसकेको बताएका छन्। 

मोरक्कोले चीनको सिनोफार्म र बेलायतको अस्ट्राजेनिकाबाट खोप खरिद गर्ने योजना बनाएको सरकारी स्रोतहरुले जनाएका छन्। खोप लगाउने समय भने अझै तोकिएको छैन। मोरक्कोका राजा मोहम्मद छैटौंले खोप निःशुल्क प्रदान गरिने घोषणा गरिसकेका छन्। करिब ३ करोड ५० लाख जनसंख्या रहेको मोरक्कोमा ४ लाख २५ हजार नयाँ संक्रमित भेटिएका छन् भने ७ हजार १३० जनाको मृत्यु भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ