arrow

संकटकाल आवश्यक नभएको जापानका प्रधानमन्त्रीको भनाइ

logo
सिन्ह्वा,
प्रकाशित २०७७ पुष १० शुक्रबार
japan-economy.jpg

टोकियो। जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताएका छन्। कोरोनाभाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री सुगाले शुक्रबार देशव्यापी संकटकालको आवश्यकता नभएको बताएका हुन्।

राजधानी टोकियोलगायतका सहरहरूमा कोरोनाभाइरसको महामारी बढीरहेका बेला उनले यस्तो बताउनुलाई महत्वका साथ लिइएको छ। बर्ष सन् २०२० को अन्तिम पत्रकार सम्मेलनमा उनले कोरोना महामारी नियन्त्रणसम्बन्धी विज्ञहरूको उच्चस्तरीय टोलीले आफुलाई अव संकटकालको आवश्यकता नरहेको बताएको जानकारी दिए।

उनीहरुको सुझाबकै कारणले अहिले आफु संकटकाल घोषणा गर्ने तयारीमा नरहेको पनि प्रधानमन्त्री सुगाले स्पष्ट पारे। उनले क्रिसमस र नयाँ बर्ष मनाउने क्रममा जापानमा रहेकाहरुले शान्तिपूर्वक र सतर्कता पूर्वक मनाउने विश्वास पनि व्यक्त गरे।

घर भित्र पारिवारिक जमघट बाहेक अन्य भिडभाड उनीहरुले नगर्ने अपेक्षा पनि प्रधानमन्त्री सुगाले व्यक्त गरेका थिए। “कृपया भेटघाट र भिडभाडलाई नियन्त्रण गर्नुहोला, त्यस्तोमा सकेसम्म संलग्न नहुनु होला, त्यति गर्नासाथ कोरोनभाइरसको महामारी धेरै कम हुन्छ,” उनले भने।

प्रतिवन्धात्मक व्यवस्था र आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्दै निश्चित अवधिका लागि मात्रै व्यापारिक प्रतिष्ठानहरु खोल्न अनुमति दिइएको छ। राजधानी टोकियोमा मात्रै दैनिक नौ सयको हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका छन्। शुक्रबार अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित देखिएका छन्। जापानका कोरोनाभाइरसबाट अहिलेसम्म दुई लाख १४ हजार ५१४ जना सङ्क्रमित भएका छन्। ती मध्ये तीन हजार ७९२ जना पछिल्लो २४ घण्टामा थपिएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ