arrow

प्रभु बैंकको क्यू आर कोड सेवा सफा टेम्पोमा

logo
प्रकाशित २०७७ पुष ११ शनिबार
prabhu-bank.jpg

काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्तालाई काठमाडौं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत  भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।

यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन्। क्यू आर कोड सेवा प्रभु बैंक र आईडिया स्टुडियो नेपालको सहकार्यमा काठमाडौं उपत्यकामा महिला सवारी चालकहरुद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा उपलब्ध हुनेछ।

महिला सवारी चालकद्धारा सञ्चालन हुने सफा टेम्पोहरुमा प्रभु बैंकको क्यू आर कोड राखिएको छ। उक्त सफा टेम्पुमा यात्रा गर्ने यात्रुहरुले आफ्नो मोबाईलबाट क्यू आर कोड स्क्यान गरी सजिलै भाडा रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाईएको छ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यो क्यू आर कोड सेवाबाट यात्रुहरु भाडा भुक्तानी गर्नको लागि नगदै बोक्ने झन्झटबाट मुक्त हुनेछन्। यसबाट डिजिटल भुक्तानीमा समेत टेवा पुग्ने बैंकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ