- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा शंकर बहादुर बोगटी पुनः निर्वाचित भएका छन् । डोटीको दिपायलमा शनिबार सम्पन्न चौथो साधारणसभाले बोगटीलाई आगामी तीन वर्षका लागि अध्यक्षमा चयन गरेको हो ।
बोगटीको अध्यक्षतामा निर्वाचित कार्यसमितिको उद्योग वाणिज्यतर्फको उपाध्यक्षमा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी र एशोसियट उपाध्यक्षमा रोयल हब्स एण्ड एग्रोटेक प्रालिका अनिलकुमार निर्वाचित भएका छन् ।
महासंघको कोषाध्यक्षमा बझाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली निर्वाचित भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरुमा कैलाली उद्योग वाणिज्य संघका महेन्द्रकुमार सिंह, डडेल्धुरा उद्योग वाणिज्य संघका लालमणी पन्त, बाजुरा उद्योग वाणिज्य संघका गोपालबहादुर कार्की, लम्की चुहा उद्योग वाणिज्य संघका पदमराज चौलागाईं र पुर्नवास उद्योग वाणिज्य संघका विरबल वि।क। निर्वाचित भएका छन् ।
कार्यसमितिको वस्तुगत सदस्यमा नाटा सुदूरपश्चिमका लोकराज भट्ट र एशोसियट सदस्यमा एस एण्ड एस प्लास्टिक इण्डष्ट्रिजका शंकरबहादुर खड्का विजयी भएका छन् ।