arrow
ADVERTISEMENT

सर्लाहीमा कांग्रेसको राँके जुलुस

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
sarlahi-rake-julus.JPG

 सर्लाही । सरकारले संसद विघटन गरेको बिरोधमा नपाली कांग्रेस सर्लाही एक नम्बर क्षत्रका सबै स्थानीय तहमा राँके जुलुस निकालेको छ ।

 केन्दीय कायक्रत तालीका अनुसार मंगलबार र्गन लागेको बिरोध प्रदर्शन कांग्रेसको तयारी स्वरुप कांग्रेस यस क्षेत्रको ४ पालीकामा लालबन्दी, ईश्वरपुर, चन्द्रनगर र हरिपुरमा मसाल जुलुस निकालेको क्षेत्रीय सभापति प्रमेद बरालले जानकारि दिए ।

 असंबैधानीक रुपमा गरिएको संसद विघटनको बिरोध स्वरुप राँके जुलुस निकाल्नु परेको इश्वरपुर नगर सभापति बेचु प्रसाद तिमलसिनको भनाइ छ ।

नेपाली कांग्रेसले आइतबार संघीय संसद् विघटनको विरुद्धमा यी ४ ठाउँमा साँझ मसाल जुलुस निकालिएको कांग्रेस सर्लाहीका पूर्व पार्टी जिल्ला सभापति सत्यदेव सिंह दनुवारले जानकारी दिए ।

कांग्रेसले मंगलबार थप जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ । क्षेत्र नम्वर १ को बयलवास, २ को सदरमुकाम मलंगवा, ३ को बरहथवा र क्षेत्र नम्वर ४ को धनकौलमा क्षेत्रीय कार्य समितिको आयोजनामा प्रदर्शन गर्न लागेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ