arrow

क्यामरूनमा बस ट्रकसँग ठोक्किएर खोल्सामा खस्यो, ३७ यात्रुको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७७ पुष १२ आइतबार
accident1.jpg

दुआला, क्यामरून । क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ ।

क्यामरूनको  रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ, “एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने घटनामा अन्य १९ यात्रु गम्भीर घाइते भएका छन् ।

बस ट्रकसँग ठाक्किएपछि सडकबाट केही तल खोल्सामा खसेको र अधिकांश यात्रुको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ