arrow

चीनको वुहानमा कोरोनाको रिपोर्टिङ गर्ने पत्रकारलाई चार वर्ष जेल

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
jhangchina.png

काठमाडौं । कोरोना भाइरस महामारी सुरु भएको चिनियाँ शहर वुहानमा कोरोना प्रकोपको रिपोर्टिङ गर्ने एक पत्रकारलाई चार वर्षको जेल सजाय तोकिएको छ ।

चिनियाँ पत्रकार झांग झान गत फेब्रुअरी कोरोना भाइरसको प्रकोपको रिपोर्टिङ गर्न वुहान पुगेकी थिइन् । वुहानमा महामारीका बेला उनले बनाएका भिडियो रिपोर्टहरु धेरै नै सेयर भएका थिए ।

मे महिनाको १४ तारिखमा उनी वुहानबाटै हराएकी थिइन् । पछि उनलाई ६५० किलोमिटर टाढाबाट गएको संघाई प्रहरीले पक्राउ गरेको खुलासा भएको हो ।

पत्रकार झांग सोमबार आफ्ना वकिलसँग संघाईको अदालतम उपस्थित भएकी छन् । झांगलाई अनेक यातना दिइएको साथै उनको शारीरिक एवं मानसिक अवस्था समेत अहिले ठीक नभएको उनका वकिलले बताएका छन् ।

उनीमाथि फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा गलत सुचना सेयर गरेको र विदेशी मिडियामा गलत सूचना दिएको आरोप छ । उनका वकिलले पत्रकार झांगलाई भोक हडतालमा राखिएको र खाना समेत फिडिंग ट्युब (खाना खुवाउने नली)बाट खुवाइएको बताएका छन् ।

वुहानमा कोरोना भाइरसको माहामारीको रिपोर्टिङ गरेका कारण चीन सरकारले नियन्त्रणमा लिएका धेरै पत्रकारमध्येकी एक झांग हुन् । चीनमा मिडिया स्वतन्त्रताको अधिकार छैन् । सि जिनपिङ नेतृत्वको सरकारले आफुलाई राम्रो देखाउने बाहेकका यथार्थ रिपोर्ट सार्वजनिक गर्नेहरुलाई नियन्त्रणमा लिँदै आएको छ ।

झांग मात्रै होइन चीन सरकारले थुप्रै पत्रकारहरुलाई पक्राउ गरेर यातना दिँदै आएका कुराहरु निरन्तर रुपमा सार्वजनिक हुँदै आएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो गलगत कुराहरु सार्वजनिक गर्ने पत्रकारहरुलाई कार्वाही गर्ने गरेको आरोप छ । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ