arrow

मोरङको ६ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको प्रदर्शन

logo
विवेक मिश्र,
प्रकाशित २०७७ पुष १३ सोमबार
morang-congress.JPG

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा मोरङको ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सोमबार प्रदर्शन गरेको छ ।

यसअघि जिल्ला सदरमुकाममा आन्दोलन गरेको कांग्रेसले सोमबार प्रत्येक निर्वाचन क्षेत्रस्तरमा प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभामा कांग्रेस नेताहरुले  असंवैधानिक तबरले संसद विघटन गर्दै ओलीले संघीयता समाप्त पार्न खोजेकाले सडकमा आउनुपरेको बताए । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको आलोचना गरे ।

मोरङको १ नम्बर क्षेत्रको लेटाङमा डिक बहादुर लिम्बू,  २ नम्बर क्षेत्रको डाईनियामा डा मिनेन्द्र रिजाल, ३ नम्बर क्षेत्रको बेलबारीमा बसन्त भट्टराई, ४ नम्बर क्षेत्रको झोडाहाटमा महेश आचार्य, ५ नम्बर क्षेत्रको कर्सीया बजारमा अमृत अर्याल र ६ नम्बर क्षेत्रको बिराटनगरमा डा शेखर कोईरालाले सभालाई सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ