arrow

विदेशमा जासुसी गर्ने १९ लाख ५० हजार चिनियाँ जासुसको डाटा लीक

logo
एजेन्सी,
प्रकाशित २०७७ पुष १३ सोमबार
china-spy.jpg

बेइजिङ। चिनियाँ कम्युनिस्ट पार्टी सी जिन पिङ नेतृत्वको चीन सरकारले आफ्ना विदेशी वाणिज्य दूतावासहरुको दुरुपयोग गर्दै जासुसी गराउने गरेको तथ्यांक लीक भएको छ। लीक भएको तथ्यांक अस्ट्रेलियाले प्राप्त गरेको हो । जसमा सीसीपीका सदस्यहरुको मुलुक, जन्ममिति, राष्ट्रिय परिचयपत्र र जातियतासहितका कुराहरु समावेश गरिएका छन्।

विश्व शक्ति बन्‍ने होडमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी सीसीपी नेतृत्वको चीन सरकारले विभिन्‍न मुलुकमा आफ्‍ना जासुसी निकायहरुलाई थप सक्रिय पारेको खुलासा यो लीकबाट भएको हो । राष्ट्रपति सी जिनपिङ नेतृत्वमा पार्टी र चिनियाँ सरकारले वैदेशिक हस्तक्षेप र जासुसी कार्यहरु बढाएको आरोप लाग्दै आएको छ । पछिल्लो समय लीक भएको तथ्यांक अनुसार ठूला बहुराष्ट्रिय कम्पनीका साथै संघाईमा रहेका विदेशी सरकार र विभिन्‍न मुलुकका वाणिज्य दूतावास र मिसनहरूमा कार्यरत १९ लाख ५० हजार सीसीपी सदस्यहरूको नाम, ओहोदा, जन्मदिन र जातीयताको खुलासा गरिएको छ। 

"यो मापदण्डको सूची पहिलोपटक बाहिर आएको हो र यसले सीसीपी सञ्‍चालनको गोप्यता खुलासा गरेको छ र विश्वका केही ठूला कम्पनीहरूमा चिनियाँ कम्युनिष्ट  पार्टीको शाखा कसरी सम्मिलित छ भन्ने कुराको पर्दाफास गरेको छ," विज्ञहरुले चेतावनी दिएका छन्, "चीनले यस संरचनालाई विश्वव्यापी प्रभुत्व प्राप्त गर्न प्रयोग गरिरहेको छ ।"

संघाई सर्भरबाट निकालिएको उक्त गोप्य तथ्यांक प्रजातान्त्रिक शक्तिको लागि ठूलो सफलता हो । किनकि सीसीपी सदस्यहरूले संघाईका धेरै विदेशी वाणिज्य दूतावासहरुमा घुसपैठ गर्न सकेको छ । सीसीपी सदस्यहरू संघाईमा कम्तिमा १० विदेशी परामर्शदाताहरुमा वरिष्ठ राजनीतिज्ञ र सरकारी मामिला विशेषज्ञहरु, क्लर्कहरु, आर्थिक सल्लाहकारहरु र कार्यकारी सहायकहरु जस्ता प्रमुख पदहरुमा रहेका छन् । 

सीसीपी सदस्यहरू कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनीहरु फाइजर र एस्ट्राजेनेकाका कम्पनीहरुमा पनि रहेको पाइएको छ । अहिले कोरोनाविरुद्धका मुख्य दुई खोपमा पनि सीसीपी सदस्यहरु भएको पाइएको छ तर, उनीहरुले कुनै तथ्यांक भने चोरी गरेको पाइएको छैन । बोइङ,भक्सवैगन, एचएसबीसी, एएनजेड जस्ता प्रमुख कम्पनीहरूको संलग्‍नता सूचीमा खुलासा गरिएको छ । यी कम्पनीहरूमा न केवल सीसीपी सदस्यहरूले रोजगारी पाएका छन् उल्टै उनीहरूभित्रै चिनियाँ कम्युनिष्ट पार्टीका शाखाहरू पनि इम्बेड गरिएको छ ।

विदेश मामिला विज्ञहरूले यो तथ्यांक लीकले सम्भवतः चिनियाँ 'राज्य प्रायोजित जासूस घुसपैठ' लाई खुलासा गरिदिएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ