arrow

भारतमा पनि भेटिए कोरोनाका नयाँ स्ट्रेनका संक्रमित

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
corona-virus-awareness.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीको नयाँ स्ट्रेन विश्वभर नै फैलँदै गएको छ । बेलायतमा पहिलो पटक फेला परेका ती नयाँ स्ट्रेनका संक्रमित भारतमा समेत भेटिएका छन् । 

भारतमा ६ जना त्यस्ता संक्रमित भेटिएका छन् । यी सबै हालै बेलायतबाट भारत फर्किएकाहरु थिए । यी संक्रमितहरु कहाँ पाइएका हुन् भनी यकिन नभएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । 

बेलायतमा अहिलेसम्म दुई भेरियन्ट फेला परिसकेका छन् । पहिलो भेरियन्ट भेटिएपछि भारतले २१ डिसेम्बरमा बेलायतबाट आउने फ्लाइटमाथि रोक लगाएको थियो । 

यो भाइरुसको नयाँ रुप ७० प्रतिशत भन्दा तीव्र गतिमा फैलिने पनि बताइएको छ । यो भाइरसमा लगातार म्युटेशन (उत्परिवर्तन) भइरहेको छ । यसको गुण बदलिइरहेको छ । 

उत्परिवर्तन हुँदासाथ धेरैजसो भेरिएन्ट आफै नष्ट भएर जान्छ । तर कहिलेकाहिँ यो पहिले भन्दा पनि खतरनाक भएर आउने गर्दछ । 

यो प्रक्रिया यति तीव्र गतिमा अगाडि बढिरहेको छ कि वैज्ञानिकहरु यो रुपलाई सम्झन नै सकिरहेका छैनन् । 

नेपालमा समेत बेलायतबाट आएका १९३ मध्ये पाँच जना संक्रमित फेला परिसकेका छन् । उनीहरुमा भएको संक्रमण नयाँ स्ट्रेन हो कि के हो भनी अनुसन्धान भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ