arrow

ज्याक माको कम्पनीमाथि चीनले गर्‍यो कडाई

logo
प्रकाशित २०७७ पुष १४ मंगलबार
jack-ma-alibaba.jpg

काठमाडौं। ‘अलिबाबा ईकमर्स’का संस्थापक ज्याकमाको ठूलो टेक्नोलोजी कम्पनी ‘आन्ट ग्रुप’ले गत अक्टोबरमा करिब ३४.५ अर्ब अमेरिकी डलरबराबरको विश्वकै ठूलो आईपीओ सार्वजनिक गर्ने तयारी गरेको थियो । चिनियाँ अधिकारीहरुले आन्ट ग्रुपको आईपीओलाई सेयरबजारमा सुचिकृत हुनबाट रोकेका थिए ।

अहिले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले केही योजनाहरु सार्वजनीक गर्दै सो अन्तर्गत रहेर आन्ट ग्रुपले आईपीओ सार्वजनीक गर्ने सक्ने बताएको छ ।

सन् २०११ मा अलिबाबाको भुक्तानी प्लेटफर्मका रुपमा यो कम्पनी सुरु भएको थियो ।

चिनियाँ केन्द्रीय बैंकले यो कम्पनीलाई नियामक आवश्यक्ता हनन्, अवैधानिक मध्यस्थता लगायतका विभिन्न आरोपहरु लगाएको छ ।

केहीदिनअघि (डिसेम्बर २६)मा चिनियाँ अधिकारीहरुले आन्ट ग्रुपका अधिकारीहरुलाई नियामक वार्ताका लागि बोलाएका थिए ।

सो वार्तापछि अधिकारीहरुले ५ बुदे एजेण्डा अघि सार्दै सो अन्तर्गत रहेर मात्रै आन्ट ग्रुपले आईपीओ निष्कासन गर्न सक्ने बताएका हुन् ।

जसअन्तर्गत सुरुमा यो कम्पनीलाई भुक्तानी गर्नमा मात्रै आधारित रहन र भुक्तानी सेवालाई अझैं पारदर्शी बनाउँन भनिएको छ । त्यस्तै क्रेडिट व्यापारका लागि आवश्यक सम्पूर्ण कागजात तयार पार्न समेत भनिएको छ ।

एक वित्तिय कम्पनी स्थापना गर्न र पर्याप्त पुँजी रहेको सुनिश्चित गर्न निर्देशन दिइएको  छ । त्यस्तै कम्पनीको क्रेडिट, बिमा र सम्पती व्यवस्थापनलाई सुधार गर्न र कानुन अन्तर्गत रहन भनिएको छ ।

अधिकारीहरुको यस्तो निर्देशनपछि आन्ट ग्रुपले नियामक आवश्यक्ताहरुमा काम गर्न आन्तरिक ‘सुधार कार्यदल’ गठन गरेको बताएको छ ।

यो प्रकृयाले महिनौंको समय लिने देखिन्छ । जसले आन्टग्रुपलाई ठूलो आर्थिक धक्का लाग्न सक्छ । आईपीओ सार्वजनीक गर्नेबेलामा आन्ट ग्रुपको बजारीकरण करिब ३ सय १३ अर्ब अमेरिकी डलर रहेको थियो ।

अर्को कुरा चीनले माइक्रो ल्याडिंग (सानो व्याक्तिगत ऋणदिने) कम्पनीहरुलाई रोक्न एक कानुन अघि सारेको छ । आन्ट ग्रुपले माइक्रो ल्याण्डिंगबाट मात्रै कम्पनीको ३५ प्रतिशत मुनाफा कमाउँदै आएको छ ।

कानुन अघि सारेसँगै आन्ट ग्रुप जस्ता कम्पनीहरुलाई माइक्रो ल्याण्डिंगमा रोक लगाउँन सक्ने सम्भावना बढेको छ । यसले कम्पनीलाई झनै पछाडि धकेल्ने छ ।

यसबाहेक चिनियाँ अधिकारीहरुले अलिबाबामाथि समेत छानबिन गरिरहेका छन् । अविश्वासको आरोपमा अलिबाबामाथि छानबिन सुरु गरेको हो ।

चीनको यो कदमले त्यहाँका प्रविधि क्षेत्रका समग्र उद्यमीहरुलाई निरुत्साहित पारेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ