arrow

बेलायतमा कोरोना संक्रमणको रेकर्ड, अस्पतालमा बिरामी खचाखच

logo
प्रकाशित २०७७ पुष १५ बुधबार
corona-uk-ambulance.jpg

काठमाडौं । बेलायतमा कोरोना भाइरसको महामारी अहिलेसम्मकै चरम स्थितिमा पुगेको छ । मंगलबार संक्रमण दर अहिलेसम्मकै उच्च भएको छ । मंगलबार बेलायतमा ५३ हजार १३५ जना संक्रमित थपिएका छन् । 

केही समयदेखि बेलायतमा निकै नै तीव्र गतिमा संक्रमण फैलिएको छ । मंगलबार ४१४ जनाको ज्यान गएको छ । 

अहिलेसम्म बेलायतमा कोरोना संक्रमितको संख्या २३ लाख ८२ हजार ८६५ पुगेको छ । ज्यान गुमाउनेको संख्या ७१ हजार ५६७ पुगेको छ । 

यसअघि बेलायतमा एक दिनमा सबैभन्दा बढी ४१ हजार संक्रमण पुष्टि भएको थियो । 

नयाँ किसिमको भाइरस तीव्र रुपमा फैलिएको पनि बनाइएको छ । अस्पतालमा बिरामीको चाप बढेको छ । 

लण्डनमा आइसीयूमा रहने बिरामीको चाप बढेपछि योर्कसायरमा सारिँदै गरेको जनाइएको छ । लण्डन आइसीयू युनिटले गम्भीर प्रकृतिका बिरामीलाई योर्कसायर अस्पतालमा सार्न आग्रह समेत गरेको छ । 

लन्डनको इन्टेन्सिभ केयर युनिटमा ११४ प्रतिशतसम्म कोभिडका बिरामी भरिएको डेलिमेलले लेखेको छ । 

इंगल्याण्डका अस्पतालहरु पहिलो कोरोना भाइरसको वेभ भन्दा अहिले धेरै नै व्यस्त भएको समेत जनाइएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ