arrow

अक्सफोर्ड एस्ट्राजेनेकाको खोपलाई पनि बेलायतमा अनुमति दिइयो

logo
प्रकाशित २०७७ पुष १५ बुधबार
corona-vaccine1.jpg

काठमाडौं । कोरोना भाइरस विरुद्ध अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेका औषधि कम्पनीसँगे मिलेर तयार पारेको खोपलाई बेलायतमा प्रयोग गर्न अनुमति मिलेको छ । यो खोप कोरोना भाइरविरुद्ध ६२ देखि ९० प्रतिशत प्रभावकारी देखिएको थियो ।

परीक्षण पूर्णरुपमा नसकिएका कारण यो खोपले अनुमति पाएको थिएन । बेलायतले ५ करोड मानिसलाई खोप लगाउँनका लागि १० करोड डोजको अर्डर दिएको छ । यसअघि बेलायतमा फाइजरले विकास गरेको खोप लगाउँन थालिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले खोपमा बेलायतले ठूलो जित हात पारेको र अब छिटोभन्दा छिटो धेरै मानिसलाई खोप लगाइने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ