arrow

विमानस्थलमा विष्फोटः कम्तीमा २२ को मृत्यु, ५० बढी घाइते

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
yaman-bisfot.jpg

काठमाडौं । यमनको विमास्थलमा भएको विष्फोटमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छकन् । दक्षिणी यमनको अडेन शहरमा रहेको विमानस्थलमा विष्फोट भएको हो । 

विस्फोटलगत्तै साउदी अरेबिया समर्थित नव गठित सरकारका मन्त्रीहरु सवार विमान अवतरण गराइएको थियो । विमान सुरक्षित रहेको त्यहाँको सरकारले जनाएको छ ।

विस्फोटको हालसम्म कसैले जिम्मा नलिए पनि लामो समयदेखि सशस्त्र द्वन्द्वमा रहेको विद्रोही समूहको संलग्नता रहेको यमनी सूचनामन्त्री मोहम्मर अल–एरियानीले बताएका छन् । उनले इरान समर्थित होथी विद्रोहीको संलग्नता रहेको आरोप लगाएका छन् । 

सो आक्रमणको केही समयपछि राष्ट्रपति भवन नजिकै अर्को विस्फोट भएको बताइएको छ ।

प्रधानमन्त्री मइन अब्दुमालिक लगायत मन्त्रिपरिषद सहस्यहरु र यमनका लागि साउदी राजदूतहरुलाई सुरक्षित रुपमा राखिएको स्थान नजिकै दोस्रो विस्फोट भएको बीबीसीले लेखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ