arrow

साउदीलाई ट्रम्प प्रशासनले तीन हजार 'स्मार्ट' बम दिने

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
Trump-saudi-fren.jpg

काठमाडौं । अमेरिकी रक्षा विभागले तीन हजार स्मार्ट (सटिक निशानामा प्रहार गर्न सकिने) बम साउदीलाई बिक्रीका लागि अनुमोदन गरेको छ ।

करिब २९ करोड अमेरिकी डलर मुल्य पर्ने तीन हजार जीबीयु-३९ बम र आवश्यक सबै उपकरण साउदीलाई दिन पेन्टागन तयार भएको हो ।

तर, साउदीसँग वार्ता सम्पन्न र सम्झौतामा हस्ताक्षर भइसक्यो या बाँकी छ भन्ने विषयमा भने विभागले कुनै जानकारी गराएको छैन् ।

कार्यकालको अन्तिम समयतिर आइपुग्दा ट्रम्पले मध्यपूर्वका मुस्लीम मुलुकहरु र इजरयालबीच शान्ति सम्झौता गराए । आफ्नो भुमी फिर्ता नगरेसम्म इजरायलसँग वार्तामा जान नसक्ने बताउँने इस्लामीक मुलुकहरुले ट्रम्पको मध्यस्थकर्तामा अहिले शान्ति सम्झौता नै गरेका हुन् ।

युएई, बहराइन र मोरक्कोलगायतका देशहरुले इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । साउदी समेत इजरायलसँग सम्झौता गर्ने अन्तिम अवस्थामा छ ।

ट्रम्पको मध्यस्थकर्तामा मुस्लीम मुलुक र इजरायलबीच शान्ति सम्झौता गराउन साउदी समेत उल्लेख्य भुमिका थियो ।

आउँदो जनवरीमा नयाँ राष्ट्रपतिका रुमा पदग्रहण गर्न लागेका जोय बाइडेनले साउदीलाई अमेरिकी हतियार बिक्री नगर्ने प्रतिवद्धता जनाएका छन् ।

तर यसको पूर्वसन्ध्यामा साउदीलाई तीन हजार स्मार्ट बमहरु उपहार स्वरुप दिन ट्रम्प प्रशासन तयार भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ