arrow

नयाँ वर्षको स्वागत, अकल्याण्डमा बन्जेद बिना आतिशबाजी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
newzealand-aukland-new-year.jpg

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२१ को विश्वभर स्वागत गरिएको छ । कोरोना भाइरसको महामारीबीच सन् २०२१ को स्वागत गरिएको हो । अधिकांश देशमा जमघटका लागि बन्देज लगाइएको भए पनि न्यूजिल्याण्डको अकल्याण्डमा भने कुनै पनि बन्देज नलगाई आतिशबाजी गरिएको छ । 

अकल्याण्डमा सबैभन्दा पहिले स्काई टावरमा रंगीन आतिशबाजीसँगै २०२१ को स्वागत गरिएको हो । अकल्याण्ड विश्वकै त्यस्तो शहर बनेको छ जहाँ कुनै बन्देज बिना नयाँ वर्षको खुशीयाली मनाइएको छ । 

रातिको १२ बजेदेखि नयाँ वर्ष शुरु हुन्छ । यसअनुसार अमेरिकामा नेपाली समयअनुसार शुक्रबार साँझ ५ः४५ बजे रातिको १२ बज्छ । 

नयाँ वर्ष मनाउँदा अष्ट्रेलियाको सिड्नी, न्यूजिल्याण्डको अकल्याण्ड, दुबईको बुर्ज खालिफा र अमेरिकाको न्यूयोर्कस्थित टाइम्स स्क्वायरको चर्चा सधै हुने गर्छ । 

यसपालि सिंगापुर, फ्रान्सको पेरिस, बेलायतको लण्डन, रुसको मास्को, जर्मनीको बर्लिन र थाइल्याण्डको पटायामा भने बाहिर भेला भएर नयाँ वर्ष मनाउन रोक लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ