arrow

बेलायतमा नयाँ युगको थालनी, अन्ततः बाहिरियो ब्रेक्जिटबाट 

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
britain-brexit-deal-cancell.jpg

काठमाडौं । अन्ततः बेलायत ब्रेक्जिटबाट बाहिरिएको छ । बेलायत स्थानीय समय अनुसार बिहीबार राति ११ बजे युरोपियन युनियन (ईयू) सँगको ब्रेक्जिट सहमतिबाट औपचारिक रुपमा बाहिरिएको हो । योसँगै बेलायतमा नयाँ युगको थालनी भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । 

नयाँ वर्षको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री जोनसनले ईयूसँग ब्रेक्जिट सम्झौता तोडिए पनि दुवै पक्षले स्वतन्त्र रुपमा व्यापारमा सहभागी हुन पाउने बताएका छन् । ब्रेक्जिट सम्झौता तोडिएसँगै यात्रा, व्यापार, अध्यागमन र सुरक्षा सहयोगको प्रतिस्थापनको व्यवस्था लागू भएपछि बेलायत ईयूबाट स्वतन्त्र भएको छ ।

जोनसनले बेलायत ब्रेक्जिटबारे निर्णय गर्न स्वतन्त्र रहेकाले लामो छलफलपछि निर्णयमा पुगको बताए । ब्रेक्जिट सम्बन्धमा साढे ४ वर्ष लगाएर सम्झौता तोडिएको हो । 

तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले ब्रेक्जिट सम्बन्धी सन् २०१६ को जुनमा जनमत संग्रहको आव्हान नै गरेका थिए । जनमत संग्रहमा ५२–४८ प्रतिशतको अन्तर रहेको थियो । 

नयाँ व्यवस्था अनुसार बेलायतका उत्पादनहरु ईयूको आन्तरिक बजारमा लैजान कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

प्रधानमन्त्री जोनसनले आवश्यकताअनुसार ईयूसँग मित्रता गाँस्न सकिने पनि बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ